काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत् प्राधिकरणको नियतमै खोट रहेको दावी गरेका छन् । निजी क्षेत्रको छाता संस्था महासंघका ‘वेटिङ प्रेसिडेन्ट’ समेत रहेका श्रेष्ठले तामाकोशी जलविद्युत् परियोजना समयमा मर्मत नगरी त्यसको कमजोरी लुकाउन उद्योगहरुलाई बली चढाइएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले दैनिक बिहान तथा साँझ २–३ घण्टा…