काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि सोमबार नेपाली संचारकर्मीसँग कुरा गर्दै आफूहरुले बीआरआईको आधिकारिक दस्तावेज नदेखे पनि यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्पारिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरेको टिप्पणी गरेका थिए । …