नबिल बैंकले ५ अर्ब रुपियाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो । बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार शेयर निष्काशन गर्ने जानकारी गराएको छ ।…