काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ५.५८ अंकले घटेर दुई हजार ०७९.७१ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक १२, होटल तथा पर्यटन २९, हाइड्रोपावर १६, जीवन बीमा ५५, निर्जीवन बीमा २६, अन्य ११ र व्यापार उपसमूह ३१ अंकले घटेको छ । त्यस्तै, फाइनान्स २, उत्पादन २८ र माइक्रोफाइनान्स ६० अंकले बढेको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोको सेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०६ कम्पनीको ८० लाख कित्ता सेयर ३ अर्ब ९९ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया