काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।