काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीप्रति आम सर्वसाधारणको विश्वास जगाउन सम्पत्ति सार्वजनिकीकरणको प्रस्ताव गरेका छन् । सोमबारदेखि राजधानीमा सुरु भएको महासमिति बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसबाट निर्वाचित स्थानीय तहको वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । वर्तमान सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले यस्तो प्रस्ताव…