आइतबार सेयर बजार परिसूचक नेप्से २७.२१ अंकले घटेर दुई हजार ०३४.८२ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ६९, फाइनान्स ४९, होटल तथा पर्यटन ६१, हाइड्रोपावर ५८, जीवन बीमा १३९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा २०६, ब्यापार ४१ र अन्य २३ र उत्पादन समूह ३९ अंकले घटेको छ ।
आज सामलिङ पावर कम्पनीको सेयर सबैभन्दा धेरै ८.२१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ३ अर्ब ७७ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया