काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन्। एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको साझा संस्था इक्यानको २०औँ साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो। उनले प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै आफ्नो बहुमत टोलीसहित विजयी हासिल गरेका छन्। महासचिव पदमा भुसाल समूहका भवनाथ…