काठमाडौं । सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् । आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक…