नेपाल लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । सङ्घ र सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमति भएको जनाइएको हो । सहमतिसँगै सङ्घर्षका कार्यक्रम स्थगित गरिएको सो अवसरमा जानकारी दिइयो । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सूचीमा परेका विस्थापित सदस्यको समस्या समाधान…