Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब ८५ करोडको कारोबार


GDP नेपाल
   १५ श्रावण २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.८४ अंकले बढेर दुई हजार १०६.१८ विन्दुमा पुगेको छ । 

बैंकिङ ९, विकास बैंक १८, फाइनान्स २३, होटल तथा पर्यटन ३, जीवन बीमा २, उत्पादन २५, निर्जीवन बीमा ४, अन्य ०.०८ र व्यापार उपसमूह ५६ अंकले बढेको छ । यस्तै, जलविद्युत् ८ र माइक्रोफाइनान्स ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढेपनि विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंकको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन २६२ कम्पनीको ५५ लाख कित्ता सेयर एक अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड आठ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह