अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आउनुभएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो । भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक योजना तर्जुमाका…