काठमाडौँ महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर आफैँ व्यवस्थापन गर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै सरकारी तथा निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेका कारण जम्मा भएका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको बताएको छ । 'फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति…