काठमाडौं । संसारकै ठूलो लोकतान्त्रिक मुलुक भारतमा बिना सुनुवाई एक नेपाली ४० वर्षदेखि जेल जीवन बिताउनु परेको घटनाले तरंग उत्पन्न भएको छ । यसले भारतको लोकतन्त्र नाममात्रको भएको र त्यहाँको शासन सत्तामा लोकतान्त्रिक मूल्य मान्यता नरहेको भन्दै आलोचना पनि सुरु भएको छ । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक…