Logo

मुख्य समाचार

माओवादी नेता अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दा चलाउन सर्वोच्चको आदेश


gdpnepal
   २२ जेष्ठ २०८२, बुधबार


काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख समेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटामाथि अर्जुन लामाको हत्यामा संलग्न भएको अभियोगमा अनुसन्धान गरी मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

लामाकी पत्नी पूर्णिमाया लामाले आफ्ना पतिको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटा विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सापकोटाविरुद्ध परेको जाहेरीमाथि फेरि अनुसन्धान अघि बढाउनु पर्ने भएको छ ।

माओवादीले शक्तिको आडमा त्यो जाहेरी तामेलीमा राख्न सफल भएको थियो । राज्यशक्तिको दुरुपयोग गर्दै माओवादी दबाबमा प्रहरीद्वारा भएको तामेलीमा राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा उनले दायर गरेको रिटमा बुधबार यस्तो आदेश आएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो ।

सर्वोच्च अदालतका अनुसार सापकोटा विरुद्धको मुद्दामा ‘उत्प्रेषण जारी’ भएको छ भने अन्य दुई रिट खारेज भएका छन् ।

 

प्रकाशित : २२ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह