Logo

मुख्य समाचार

यी हुन् राजु पाण्डेका चर्चित कान्डः पाण्डेको निलम्बनले पीडित कर्मचारीमा खुसीयाली !


gdpnepal
   २२ जेष्ठ २०८२, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई जिम्मेवारीमुक्त गर्दै पदबाट निलम्बन गरेसँगै त्यहाँ कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीमा खुसीयाली छाएको छ ।

पाण्डेले पूर्व नगर प्रहरी गंगा उप्रेतीमाथि गरेको अत्याचारमा उनलाई उन्मुक्ति दिइको थियो । प्रसूति बिदामा बसेकी गंगालाई कार्यालय फर्केपछि कठिन काममा लगाएर जागिर छाड्न विवश बनाउने पाण्डेमाथि कारबाहीको माग भए पनि मेयर बालेन शाह नै पाण्डेको रक्षक बनेपछि उनले उन्मुक्ति पाएका थिए ।

पाण्डेको निलम्बनपछि नगर प्रहरीकै पूर्व सई लोकनाथ चुडालले गंगाको आँशुले शीतलता पाएको प्रतिक्रिया दिएका छन् ।

‘पूर्व नगर प्रहरी महिला हबलदार गंगा उप्रेती बहिनीको आँसुले शीतलता पाएछ । जस(गंगा)लाई जागिर छोड्न विवश पारिएको थियो,’ चुडालले लेखेका छन्, ‘कथित वसन्त भन्नेलाई पनि समयले जरुर दण्डित गर्ने छ ।’

२०७८ माघ देखि ०७९ जेठसम्म प्रसूति बिदामा बसेकी हवलदार गंगालाई बिदाबाट फर्केपछि टेकुस्थित नगर प्रहरी बलबाट कार्यदल शाखामा गरिएको थियो ।

गंगाले आफ्नो शल्यक्रिया भएको र बच्चालाई बेलाबखत स्तनपान गराउनुपर्ने भन्दै पहिलेकै ठाउँमा थमौती गरिदिन पाण्डेसँग आग्रह गर्दा पाण्डेले अपशब्द प्रयोग गरेका थिए ।

पाण्डेले ‘तैँले मेरो बच्चा पाएकी होस् र ?’ भन्दै अपमानजनक व्यवहार गर्दै ‘राजीनामा दिन’ भनेको समाचार बाहिरिएका थिए ।

पाण्डेले आफूमाथि दुव्र्यवहार गरेको, कार्यसम्पादन राम्रो नभएको भन्दै प्रताडित गरेको, आफ्ना श्रीमान् र आफूमाथि गाली गर्दै कुटपिट गरेको भन्दै महानगरको न्यायिक समितिमा उजुरी गरेकी थिइन् । तर महानगरले यसमा कुनै छानबिन गरेन ।

पाण्डेको अत्याचारका कारण भन्दै सई चुडालले पनि ०७९ पुसमा सेवाबाट राजीनामा दिएका थिए ।

यी हुन् पाण्डेका चर्चित कान्डहरुः

१. आन्तरिक विवाद र राजीनामा
२०२२ डिसेम्बरमा नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडालले राजु पाण्डेले तल्लो दर्जाका प्रहरीहरूमाथि अपशब्द प्रयोग गरेको, विदा नदिएको, र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै राजीनामा दिएका थिए । चुडालले नगर प्रहरीमा अन्याय, अत्याचार, र भ्रष्टाचार बढेको दाबी गरेका थिए ।

२. अख्तियारमा उजुरी
२०२४ डिसेम्बरमा मेयर बालेन्द्र साह र एसएसपी राजु पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको थियो । उजुरीमा पाण्डेले निर्माणाधीन भवनहरूमा अप्रत्यक्ष दबाब सिर्जना गरेर रकम असुलेको, र नक्सा पासमा अनियमितता गरेको आरोप लगाइएको छ।

३. धार्मिक आस्थामा चोट
२०२५ फेब्रुअरीमा पाण्डेले बौद्ध धर्मावलम्बीहरूको पवित्र वस्त्र खादा डस्टबिनमा फ्याँकेपछि विवादमा परेका थिए । उनको यो व्यवहारले धार्मिक आस्थामा चोट पुगेको भन्दै बौद्ध समुदायले आपत्ति जनाएका थिए ।

 

प्रकाशित : २२ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह