काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई जिम्मेवारीमुक्त गर्दै पदबाट निलम्बन गरेसँगै त्यहाँ कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीमा खुसीयाली छाएको छ । पाण्डेले पूर्व नगर प्रहरी गंगा उप्रेतीमाथि गरेको अत्याचारमा उनलाई उन्मुक्ति दिइको थियो । प्रसूति बिदामा बसेकी गंगालाई कार्यालय फर्केपछि कठिन काममा लगाएर जागिर छाड्न विवश…