काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुको अवरोधलाई बेवास्ता गर्दै सदन चलाउने सन्देश दिएसँगै विपक्षी दलहरु हच्किएका छन् ।
गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएका विपक्षी दलहरुले अन्ततः गृहमन्त्रीलाई बोल्न दिने भएका छन् ।
सोमबार तीन दलको बैठकमा प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा नआउने बरु विपक्षी अवरोध हटाएर जवर्जस्ती सदन चलाउने बताएका थिए । संख्यात्मक आधारमा दुईतिहाईभन्दा बढी सदस्य सदन चलाउने पक्षमा रहेका कारण विपक्षीहरुको आवाज झिनो हुने भएपछि उनीहरु लचिलो बनेका हुन् ।
मंगलबार सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ ।
गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमति भएको छ ।
यद्यपि, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामासहित सबै पूर्व गृहमन्त्रीमाथि छानबीन र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको शर्त छ । यसलाई सत्तापक्षले स्वीकार गर्ने स्थिति भने छैन ।










प्रतिक्रिया