बेनी। मङ्गला गाउँपालिका–३ बरङजास्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रवास भवन निर्माण योजना अहिले अलपत्र परेको छ । बजेट अभावका कारण सो योजना अलपत्र परेको हो । रु दुई करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री नरदेवी पुनले शिलान्यास गर्नुभएको…