काठमाडौं । सेयर बजार संसारभर संवेदनशील हुन्छ अर्थात सानो घटनाको ठूलो प्रभाव रहन्छ । आर्थिक क्षेत्रको नीतिगत परिवर्तनमात्र नभइ राजनीतिक घटनाक्रमले पनि सेयर बजारमा तीव्र उतारचढाव देखिन्छ । नेपालमा अहिले यस्तै भइरहेको छ । अर्को सातादेखि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल सकिँदैछ र यसपछि उनले निरन्तरता पाउँदैनन् भन्ने हल्ला आम लगानीकर्तामाझ फिँजाइएको छ ।…