Logo

Banner-news

उमेश श्रेष्ठको पक्षमा शेखर गोल्छाको ट्वीटः समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण !


GDP Nepal
   ११ श्रावण २०७८, सोमबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा व्यावसायिक पृष्ठभूमिका उमेश श्रेष्ठलाई नियुक्त गरेसँगै आलोचना सुरु भइरहँदा निजी क्षेत्रले भने संगठित प्रतिवाद गर्न थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त राज्यमन्त्री श्रेष्ठको नाम नलिइकन उनलाई निजी क्षेत्रका कुशल व्यवस्थापक रहेको र यस्ता व्यवस्थापकले राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्ने भन्दै बचाउ गरेका छन् ।

शिक्षा, कृषि, जलविद्युत् लगायतका क्षेत्रमा सफल मानिएका व्यवसायी श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउने प्रधानमन्त्रीको निर्णयको आलोचना भइरहेको छ । यसअघि गण्डकी प्रदेशको कानुन तथा सञ्चारमन्त्रीमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाको नियुक्तिलाई लिएर पनि यस्तै टिप्पणी भएको थियो ।

श्रेष्ठ र थापा कांग्रेसका संघीय र प्रदेश सांसद हुन् ।

व्यावसायिक पृष्ठभूमिका मन्त्री नियुक्तिप्रति टिप्पणी गर्नेहरुलाई निजी क्षेत्रको छाता संगठनका अध्यक्ष समेत रहेको गोल्छाले ट्वीटमा भनेका छन्ः

राजश्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्छन । अनुमानको भरमा पुर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहि कतैबाट पनि हुनु हुदैन ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह