Logo

Banner-news

एक दर्जन व्यवसायीलाई राष्ट्रपतिबाट तक्मा, कसले पाए कुन पदक ?


GDP Nepal
   ३ आश्विन २०७७, शनिबार


काठमाडौं । सरकारले संविधान दिवस २०७७ को अवसरमा केही उद्योगी व्यवसायीहरुलाई पनि मानपदवी, अलंकार र पदकबाट विभूष्ति गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार यस वर्ष व्यवसायीतर्फ सबैभन्दा ठूलो पदवी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठ र पूर्वमन्त्री सहाना प्रधानका छोरा उमेशलाल श्रेष्ठले पाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई सरकारले सुप्रवल जनसेवाश्री (तृतीय) प्रदान गरेको छ ।

श्रेष्ठसँगै इटहरी–१७ सुनसरीका व्यवसायी विमलमान श्रेष्ठले पनि यो पदवी पाएका छन् । नेपाल सरकारका प्रायः सचिवहरुले समेत यही पदक पाएका छन् ।

प्रवल जनसेवाश्री (चतुर्थ) धेरै व्यवसायी तथा पेशाकर्मीले पाउने पदक हो । यो पदक पाउने व्यवसायीहरुमा त्रिभुवनधर तुलाधर, तुल्सीराम अग्रवाल, शंकरलाल अग्रवालजस्ता चर्चित व्यवसायीहरु रहेका छन् ।

व्यवसायमा खासै नाम नसुनिएका चितवनका लक्ष्मण थापा क्षेत्री र विजय अधिकारी तथा सुनसरीका अनिष थापा र नवीनकुमार पौडेलले पनि प्रवल जनसेवाश्री (चतुर्थ) पाएका छन् ।

केही व्यवसायीले जनसेवाश्री (पञ्चम) पनि प्राप्त गरेका छन् । यस्तो पदक पाउनेमा महिला उद्यमी ज्योत्सना श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, युवा उद्यमी सुरेश पन्थ रहेका छन् ।

पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पाले राष्ट्र यशोबर्द्धक अलंकार पाएकी छन् भने व्यवसायी भरतराज आचार्यलाई समाजसेवीका रुपमा जनसेवाश्री (पञ्चम) प्रदान गरिएको छ ।

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह