Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकको कार्डबाट दसैं किनमेल गर्दा २५ सयसम्म छुट


GDP Nepal
   २० आश्विन २०७७, मंगलबार


काठमाडौं । दसैंंका अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि दसैं धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने जनाइएको छ ।

योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग कर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्र्ट कम फस्र्ट सर्भिसको आधारमा छुट प्रदान गरिने छ । यो योजना सोमबारदेखि सुरु भएको छ भने कात्तिक २ गतेसम्म अर्थात दुई साताका लागि लागू हुनेछ ।

सानिमा बंैकको सातवटै प्रदेशमा कुल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह