काठमाडौं ।
आजबाट सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले भने बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदकले न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया