साताको चौँथो दिन मंगलबार सेयर बजार बढेको छ । आज नेप्से ५ दशमलव २२ अंकले बढेर दुई हजार ८४८ दशमलव ८४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ७.८, विकास बैंक ७.४३, जलविद्युत २२.७९, फाइनान्स १०.५७, उत्पादन २३.२, अन्य ३, माइक्रोफाइनान्स १७.९४ र म्यूचुअm फन्ड ०.०५ अंकले बढेका छन् । यस्तै, आज जीवन बीमा ४९.९७, व्यापार २६.६६, होटल तथा पर्यटन ६४.०२, निर्जीवन बीमा ११३.४४, र लागानी ०.२५ अंकले घटेका छन् ।
आज दुई सय २९ वटा कम्पनीको ९९ लाख कित्ता शेयर ६ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया