Logo

बैंक / बिमा /शेयर

बैंकर्स संघ अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी


GDP Nepal
   २३ कार्तिक २०७८, मंगलबार


काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा अनिल उपाध्याय र उपाध्यक्षमा सुनिल केसी निर्वाचित भएका छन् । एसोसिएसनको साधारणसभाले अध्यक्षमा उपाध्याय केसीलाई निर्विरोध उपाध्यक्षमा निर्विरोध चयन गरेको हो । 

मंगलबार भएको साधारणसभामा अध्यक्षका लागि निवर्तमान उपाध्यक्ष अनिल उपाध्यायको एक मात्रै उमेदवारी दर्ता भएसँगै उनी स्वतस् अध्यक्ष भएका छन् ।

उपाध्याय कृषि विकास बैंकका सिइओ हुन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित केसी एनएमबि बैंकका सिइओ हुन् ।

त्यस्तै बैंकर्स संघको सदस्यहरुमा लक्ष्मी बैंकका सिइओ अजयविक्रम शाह, मेगा बैंककी सिइओ अनुपमा खुन्जेली, एसबिआईका दिपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसियाका रोशनकुमार न्यौपाने, माछापुच्छ्रेका सन्तोष कोइराला, सनराइजका सुमन शर्मा छनौट भएका छन् ।

संघको सल्लाहकारमा अनिलकेशरी शाह, अशोक राणा र ज्ञानेन्द्रबहादुर ढुंगाना रहने छन् ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह