Logo

बिजनेस होम

करोडौंको नोक्सानमा सोल्टी होटल, यस्तो छ वित्तीय विवरण


GDP नेपाल
   २९ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नेपालको पुरानो पाँच तारे होटल सोल्टीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार सोल्टी होटलले आर्थिक वर्ष २०७७/७८को पहिलो त्रैमासमा २ करोड ११ लाख रुपैयाँ नोक्सान बेहोरेको छ । कोरोना महामारी संक्रमणका कारण गत वर्ष सोही अवधिमा सोल्टीलाई ७ करोड ९३ लाख रुपैयाँ नोक्सान भएको थियो । गत वर्षको तुलनामा यस वर्ष सोल्टी होटलको आम्दानी १४०.८५ प्रतिशतले बढेको छ । गत वर्ष होटलको आम्दानी ५ करोड १३ लाख रुपैयाँ रहेको थियो भने यस वर्ष १२ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको छ ।

हाल यसको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ६२ करोड ११ लाख रुपैयाँ छ । गत वर्ष रिजर्भमा ५६ करोड ८४ लाख रुपैयाँ रहेको थियो । यो होटल प्रतिसेयर २१ पैसा नोक्सानमा छ । गत वर्ष यसै अवधिमा भने प्रतिसेयर आम्दानी ९४ पैसा नोक्सानमा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ पनि १६ रुपैयाँ ७५ पैसा छ ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह