Logo

राजनीति

कर्णाली प्रदेशका नवनियुक्त कृषिमन्त्री शाहीद्वारा शपथग्रहण


GDP नेपाल
   १ मंसिर २०७८, बुधबार


कर्णाली ।

कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गर्नुभएको हो । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।

मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह