काठमाडौँ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।
राईको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत खसेको छ। राईलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका सांसदले मत दिएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा ७९ सांसद सदनमा उपस्थिति थिए।
प्रतिक्रिया