Logo

बिजनेस होम

सिभिल बैंक अध्यक्षमा प्रतापजंग पाण्डे चयन


GDP Nepal
   १ मंसिर २०७८, बुधबार


काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा युवा उद्यमी प्रतापजंग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

तत्कालीन आइएलएफसीओ र सिभिल बैंकबीच मर्जर भएयता पाण्डे सो बैंकमा सञ्चालक थिए । कैलाश हेलिकप्टर प्रालिका प्रबन्ध निर्देशक समेत रहेका उद्यमी पाण्डे बैंकिंग क्षेत्रमा सुक्ष्म अध्येता तथा विश्लेषण गर्ने खुबीका कारण लोकप्रिय छन् ।

बैंक स्थापनाकालदेखि अध्यक्ष रहेका ईं ईच्छाराज तामांगलाई सहकारी ठगीमा प्रहरीले पक्राउ गरेपछि उनीमाथि पद छाड्न दबाब परेको थियो ।

यता, बैंक अध्यक्षमा सर्वसम्मत भएमात्र जिम्मेवारी लिने पाण्डेको अडान थियो ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह