Logo

राजनीति

कानुन व्यवसायी र प्रहरीबीच झडप, बारका अध्यक्ष श्रेष्ठसहित केही घाइते


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । बिहिबार सर्वोच्च परिसरमा भएको झडपमा परि नेपाल बार एसोसीएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुनव्यवसायी घाइते भएका छन् ।

प्रधानन्यायाधीशलाई अदाल छिर्न नदिन कानुनव्यवसायीले गेटमा अवरोध गरेपछि प्रहरीले हटाउन खोज्दा दुई पक्षबीच केहीबेर घम्साघम्सी चलेको हो । प्रहरीको लाठी प्रहारबाट घाइते भएका बारका अध्यक्ष श्रेष्ठलाई उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको बताइएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग राख्दै तीन सातादेखि नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन चर्काएँदै आएका छन् ।

 

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह