Logo

कर्पोरेट-बजार

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत


GDP Nepal
   ६ मंसिर २०७८, सोमबार



नवलपुर । उद्योगपति एवं सांसद विनोद कुमार चौधरी सर्वसम्मत रूपमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

नवलपुरमा सुरू भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भए । उनी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका हुन्।

चौधरी २०७४ को आम निर्वाचनअघि कांग्रेस प्रवेश गरेका हुन् । उनी कांग्रेसको लगानी समितिका सभापति हुन् ।

कांग्रेस राजनीतिमा चौधरीको सक्रियताका कारण उनलाई केन्द्रीय सदस्यको प्रत्याशीका रूपमा लिइएको छ ।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह