Logo

बिजनेस होम

मनकामना केबलकारले २३ वर्षमा बोक्यो १६० लाख यात्रु, अब अटोमेसनसँगै रिसोर्ट पनि


GDP Nepal
   ८ मंसिर २०७८, बुधबार


काठमाडौं । मुलुककै पहिलो केबुलकार मनकामना केबुलकार २४ औं वर्षमा प्रवेश गरेको छ । चितवन कोई समूह अन्तर्गत मनकामना दर्शन प्रा. लि. द्वारा संचालित यो केबलकार नेपालको व्यावसायिक क्षेत्रकै उदाहरणीय परियोजना मानिन्छ ।

कम्पनीले सञ्चालनको २३ वर्षको अवधिमा एक करोड ६० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको जनाएको छ ।

केबुलकारले आगामी २ वर्षभित्र हाल सञ्चालनमा रहेको एनालग सिस्टमलाई पूर्ण स्वचालित प्रविधिमा सञ्चालनगरी नेपालकै पहिलो पूर्ण स्वचालित केबुलकार बन्ने योजनासहित काम अगाडि बढाई सकेकोे जनाएको छ ।

कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार मनकामना दर्शन प्रालिको भगिनी संस्थाको रुपमा चालिस कोठाको सुविधासम्पन्न रिसोर्ट पनि सञ्चालनमा ल्याउन काम सुरु गरिसकिएको छ । जसको लागत ३५ करोड १८ लाख रहने अनुमान छ ।

मनकामना माताको आशीर्वाद थाप्न घन्टौं पैदलयात्रा गर्नुपर्ने र वृद्धवृद्धा तथा अशक्तहरुको रहरमै सीमित रहने अवस्थाको अन्त्यका लागि भिजनरी उद्यमी लक्ष्मणबाबु श्रेष्ठको सत्प्रयासमा स्थापना भएको मनकामना केबलकार यस क्षेत्रकै बेञ्चमार्क बन्न सफल भएको छ ।

“नेपाल लगायत दक्षिण एसियाकै पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सफल यस मनकामना केबलकारले प्रविधिमा समयानुकल रुपान्तरण गर्दै सुरक्षित, आरामदायी र झन्झटरहित सेवा दिँदै आएको छ,” निर्देशक श्रेष्ठ भन्छन्, “व्यवसायभन्दा पनि समाजसेवाको भावनाले स्थापित मनकामना केबलकारकोे २४ वर्षे यात्राका क्रममा अनेकौं उतारचढाव आए पनि निर्वाध सेवा प्रवाहमा हामीले कुनै कमी आउन दिएनौं र सम्भवतः सेवाग्राहीको गुनासोरहित व्यवसायका रुपमा हामीले यसलाई स्थापित गर्न सफल भएका छौं ।”

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको ‘स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर’ अनुसार निर्देशिका पालना गदै केवुलकारले सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

कोभिडपछिका दिनहरुमा नगद रहित कारोबार, यात्रु सेवा सहजतासँगै भिडभाड कम कसरी गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै केवलकारको टिकट ईसेवा, खल्ती, प्रभु पे तथा आइएमइ पे मार्फत अनलाइनबाटै खरीद गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

कम्पनीले स्थापनाकालदेखि विशेष सहयोग र सद्भाव पु¥याउने साविक मनकामना र इच्छाकामना गाविस तथा स्थानीयवासी, जिल्ला प्रशासन कार्यालय गोरखा तथा जिल्ला प्रशासन कार्यालय चितवन र मनकामना क्षेत्र विकास समितिप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह