Logo

बिजनेस होम

उद्योग दिवस आज: महेश बस्नेतको प्रस्ताव यसरी अस्वीकृत भएको थियो


GDP Nepal
   ९ मंसिर २०७८, बिहिबार


काठमाडौं । सरकारले बिहीबार अर्थात मंसिर ९ गते उद्योग दिवस मनाउँदैछ । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय सरकारले गरेको हो ।

यसअघि २०७१ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले जेठ १३ गते उद्योग दिवस मनाउने प्रस्ताव गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले अस्वीकार गरेको थियो । तत्कालीन मन्त्री बस्नेतले औद्योगिक व्यवसाय ऐन २०१८ जारी भएको दिनको सम्झनामा उद्योग दिवस मनाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

मुलुकमा औद्योगिक प्रबर्द्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय भएको हो ।

यस वर्षको औद्योगिक दिवसको नारा ‘स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने रहेको छ ।

उद्योग दिवस सरकारी स्तरबाटै मनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख नारायण प्रसाद शर्मा दुवाडीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ । जसअनुसार लगानी प्रवद्र्धनलाई टेवा पु¥याउनेगरी अन्तरसम्बन्धित निकायको सहभागितामा ऊर्जा र वातावरणीय पक्षमा केन्द्रित भइ अन्तरक्रियासमेत गरिएको छ ।

निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघ संगठनहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरी उद्योग दिवस मनाइरहेका छन् । नेपालमा वि.सं. १९९३ मा उद्योग परिषदको स्थापना भए पश्चात औपचारिक रूपमा औद्योगिक विकासको प्रारम्भ भएको मान्यता रहेको छ ।

सरकारले नीतिगत रुपमा औद्योगिक विकासलाई तीव्रता दिई औद्योगिकरणको माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्ने र समृद्ध मुलुकको आधार तयार गर्ने बताउँदै आएको छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह