Logo

Banner-news

एडीबीले नेपाललाई थप ७ अर्ब रुपैयाँ ऋण दिने


GDP नेपाल
   ९ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई विद्युत् ग्रिड आधुनिकीकरणका लागि थप सात अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्झौता कार्यान्वयनका लागि शुक्रबा अर्थ मन्त्रालयले हस्ताक्षर गर्ने भएको छ ।

अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी र अर्नाउड काचोइस, देश निर्देशक, नेपाल निवासी नियोग र एसियाली विकास बैंकले नेपाल सरकार र एडीबीको तर्फबाट ऋण सम्झौतामा हस्ताक्षर गर्नेछन् । त्यसैगरी आयोजना सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र अर्नाउड काचोइसले हस्ताक्षर गर्नेछन् ।

यसअघि गएको वर्ष पनि यसै परियोजनाका लागि एडीबीसँग एक सय ५६ मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह