Logo

बिजनेस होम

साढे ३३ करोड बक्यौता नबुझाएपछि अन्ततः हेलो नेपालको लाइसेन्स खारेज


GDP Nepal
   १२ मंसिर २०७८, आइतबार


काठमाडौं । सरकारले उपलब्ध गराएको सहुलियत समेत पालना नगरी बक्यौता तिर्न आनाकानी गरेपछि अन्ततः नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)को लाइसेन्स खारेज भएको छ

। नेपाल दूरसञ्चार प्राधिकरणका अनुृसार व्यापारी अजेयराज सुमार्गीको निष्कृय कम्पनी हेलो नेपालले असार मसान्तसम्ममा ३३ करोड ५८ लाख ४७ लाख रुपैयाँ बुझाउनुपर्ने भए पनि आनाकानी गरेसँगै प्रक्रिया पूरा गरेर लाइसेन्स खारेज गरिएको हो ।

हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय गत शुक्रबार नै भए पनि औपचारिक रुपमा बाहिर ल्याइएको छैन । प्राधिकरण बोर्ड बैठकले हेलो नेपालको आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

दोस्रोपटक लाइसेन्स खारेज भएकाले अब कम्पनी पुनरावेदनका लागि अदालत जाने सम्भावना छ । यसअघि खारेज गरिए पनि निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएर किस्तामा बक्यौता तिर्ने सुविधा पाएको थियो ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह