Logo

राजनीति

कोभिड संक्रमण १.७७ प्रतिशतमा


GDP Nepal
   १२ मंसिर २०७८, आइतबार


काठमाडौं । विश्वमा कोभिड संक्रमणको नयाँ भेरियन्ट आतंक बढ्दै गइरहेका बेला नेपालमा भने घट्दै गइरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ६६०४ पीसीआर परीक्षणमा २३१४ एन्टिजेन परीक्षणमा गरी कुल ८९१८ जनाको परीक्षणमा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

जसअनुसार कोभिड संक्रमण १.७७ प्रतिशतमा देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख २ हजार ३८९ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५२३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह