काठमाडौं। सरकारले उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई नियुक्त गरेको छ । तिवारीले सहसचिवमा खुला प्रतिस्पर्धाबाट नाम निकालेको एक महिनामै विभागको महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।
विभागका महानिर्देशक जीवलाल भुसाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तथा मन्त्रालयका सरुवा भएका छन् । मन्त्रालयका औद्योगिक पूर्वाधार तथा वातावरण महाशाख हेर्ने सहसचिव बलराम रिज्यालको सरुवा भएकाले सहसचिवको दरबन्दी रिक्त रहेको छ ।
तिवारीले बिहीबारदेखि उद्योग विभागमा काम सुरु गरेका छन्।
प्रतिक्रिया