Logo

राजनीति

राप्रपा अध्यक्षमा लिङ्देन


GDP नेपाल
   १९ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी कमल थापाले भने एक हजार ६१७ मत प्राप्त गरेका छन् । निर्वाचनमा ५३१ मत बदर भएको छ ।

त्यस्तै, राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन् । शाहीले २ हजार ८ मत ल्याकी थिइन् भने नायिका रेखा थापाले १ हजार ६४० मत ल्याएकी थिइन् । 

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह