Logo

बिजनेस होम

नाडामा थापा विजयी: चौधरी प्यानलबाट १२ सदस्य (मतसहित)


GDP Nepal
   २४ मंसिर २०७८, शुक्रबार



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन्।

पूर्वउपाध्यक्ष समेत रहेका थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भए भने हाल उपाध्यक्ष रहेका करण चौधरीले १३ सय ४७ मत पाएका छन् ।

थापा प्यानलले अध्यक्ष र पाँच सदस्यमा विजयी हासिल गरेको छ भने चौधरी प्यानलका १२ सदस्य निर्वाचित भए ।

चौधरी प्यानलबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन्।

थापा प्यानलबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भए।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह