Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

मुक्तिनाथ विकास बैंकले साधारण सभा बोलाएको छ ।

सभाले बैंकको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२५५ नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साधारण सभा मंसिर २५ गते बिहान ९ बजे होटल जलमहल धारापाटन पोखरामा सुरु हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् । सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, मंसिर १३ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण लाभांश हात पार्नेछन् ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह