Logo

मुख्य समाचार

कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित: देउवालाई २७३३, कोइरालालाई १८५५ मत


GDP Nepal
   २९ मंसिर २०७८, बुधबार



काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा बहालवाला सभापति शेरबहादुर देउवा पुनस् निर्वाचित भएका छन् ।

पहिलो चरणमा कसैले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो ।

देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह