Logo

बिजनेस होम

महासंघ विधान संशोधनः अध्यक्षको प्रत्यक्ष निर्वाचन, उपाध्यक्षको संख्या बढाउने प्रस्ताव


GDP Nepal
   १ पुस २०७८, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्लानगर क्षेत्रबाट दुई उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।

महासंघको विधान संशोधन सुझाव समितिले बिहीबार प्रतिवेदन बुझाउँदै जिल्लानगरको हिस्सा ५० प्रतिशत रहेको भन्दै दुई उपाध्यक्ष राख्ने प्रस्ताव गरेको हो ।

महासंघमा वरिष्ठ उपाध्यक्ष नराख्ने सुझाव पनि दिइएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने सुझाव समितिको छ । कार्यकाल पनि दुई वर्ष राख्न सुझाव दिइएको छ ।

उपाध्यक्षमध्येबाटै वरिष्ठताको आधार तोक्ने सुझाव दिइएको समितिका सदस्य पशुपति मुरारकाले जानकारी दिए ।

समितिले महासंघमा महिला उद्यमीका लागि पनि उपाध्यक्षको व्यवस्था गर्ने सिफारिस गरेको छ । यस्तै, तीन कार्यकाल सदस्य पूरा गरिसकेका सदस्यलाई अध्यक्षका लागि प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाको सुझाव दिइएको छ ।

महासंघको विधान संशोधन सुझाव समितिले ११ महिनापछि प्रतिवेदन बुझाएको हो । शेखर गोल्छाले गत वर्ष अध्यक्षको कार्यभार सम्हालेपछि पूर्वअध्यक्ष कुश जोशीको अध्यक्षतामा पशुपति मुरारका र किशोर प्रधान सदस्य रहेको विधान संशोधन सुझाव समिति गठन गरिएको थियो ।

यद्यपि, समितिको यो सुझाव कार्यान्वयन हुने सम्भावना भने छैन । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित सबै उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष भवानी राणा समितिको सुझावको विरुद्धमा छन् । वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने साविकको व्यवस्थाकै पक्षमा बहुमत पदाधिकारी र सदस्य रहेको बताइएको छ ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह