Logo

मुख्य समाचार

क्रिकेटरमाथि क्यानको कारबाहीविरुद्ध प्रचण्ड, प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराए


GDP Nepal
   २ पुस २०७८, शुक्रबार


काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कम्प्तान, उपकप्तानसहितका क्रिकेटरमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् । दाहालले शुक्रबार बिहान प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी क्यानले गरेको कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको दाहालका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस बैतडीका अध्यक्षसमेत भएका कारण यो विषय विवादमा पर्दै आएको छ ।

यसअघि क्यानको बुधवार बसेको आकस्मिक बैठकले ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो भने अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै ती सबै खेलाडीलाई आगामी छ महिनाका लागि ुसेन्ट्रल कन्ट्र्याक्टु अथवा तलब सुविधा नदिने निर्णय गरेको छ ।

क्यानको भर्चुअल बैठकले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरिएको जनाएको छ। यद्यपि, ६ जना केन्द्रीय सदस्यले उक्त निर्णयविरुद्ध नोट अफ डिसेन्ट लेखेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवालाई प्रचण्डकोले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान गरे ।

स्वकीय सचिव दाहालका अनुसार भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह