Logo

मुख्य समाचार

उद्योगपति विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्य निर्वाचित


GDP Nepal
   ६ पुस २०७८, मंगलबार


काठमाडौं । उद्योगपछि विनोद कुमार चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी कांग्रेसको चौधौं महाधिवेशनमा मधेसी समावेशीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

उद्योगपति चौधरी प्रतिनिधिसभा सदस्य पनि मधेशी कोटाबाटै भएका हुन् । उनले कांग्रेस राजनीतिमा पनि यसलाई नै निरन्तरता दिएका थिए । खुला केन्द्रीय सदस्यमा विजयी हुने सम्भावना रहे पनि उनले आफ्नो क्लष्टर छाड्न नचाहेका हुन् ।

मंगलबार सार्वजनिक मत परिणाम अनुसार चौधरीसहित पाँच जना यस क्लष्टरबाट विजयी भए । अजय चौरसिया २५२२ मतसहित पहिलो भए भने चौधरी २२०६ मतका साथ दोस्रो भए । यस्तै, चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् । उनीबााहेक सबैजना सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह