Logo

बिजनेस होम

ऊनी फेल्ट संघ अध्यक्षमा नरेशलाल श्रेष्ठ, नयाँ कार्यसमितिमा को को ?


GDP Nepal
   १० पुस २०७८, शनिबार



काठमाडौं । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको १३ औं वार्षिक साधारणसभा अन्तर्गत भएको निर्वाचनमा श्रेष्ठको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष श्रेष्ठ बागमती आर्ट्स एन्ड ह्यान्डिक्राफ्टका सञ्चालक हुन् ।

साधारणसभाले कार्यसमितिका पदाधिकारी र सदस्यहरु पनि निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ ९एभरेष्ट फेसन०, उपाध्यक्षमा अमोघ धाख्वा ९नेपाल क्राफ्ट ग्यालरी०, महासचिवमा तेल बहादुर कुमाल ९लष्ट होराइजन इन्टरनेशनल ह्यान्डिक्राफ्ट०, सचिवमा शान्ति भण्डारी ९उपहार कलेक्सन० र कोषाध्यक्षमा शिव अधिकारी ९फेल्ट मार्ट इन्डष्ट्री० चयन भए ।

निर्वाचन समितिका संयोजक अधिवक्ता प्राणनाथ न्यौपानेका अनुसार संघको सदस्यहरूमा सुनिता श्रेष्ठ, रुद्रनाथ देवकोटा,सुनिता शेर्पा, चन्द्रबहादुर थापा र विष्णुमणि लोहनी निर्वाचित भएका छन् ।

यस्तै, संघको पहिलो बैठकले चक्रमणि देवकोटा र डाकबहादुर नेपालीलाई उपाध्यक्ष तथा प्रभु कुमार कार्कीलाई सचिवमा मनोनित गरेको छ । रिक्त दुई सदस्यमध्ये विश्वास श्रेष्ठलाई चयन गरीएको छ भने अर्का सदस्य पछि मनोनीत गरिने जनाइएको छ ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह