Logo

कर्पोरेट-बजार

यार्चागुम्बामा किन भयो न्यून बिजकीकरण ? प्रतिकिलो ६ लाखमै निकासी !


GDP Nepal
   १२ पुस २०७८, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २० करोड ६६ लाख ८९ हजार रुपैयाँ मूल्य बराबरको यार्चागुम्बा निकासी भएको छ ।

भन्सार विभागका अनुसार नेपालबाट यो अवधिमा ३३७ किलोग्राम यार्चागुम्बा निकासी भएको छ ।

विभागको तथ्यांकले प्रतिकिलो ६ लाख १३ हजार ३२० रुपैयाँका दरले यार्चागुम्बा निकासी भएको देखाउँछ ।

स्वदेशी बजारमा औषत ३५ लाख रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको यार्चागुम्बा त्यसको झन्डै छ गुणा कम मूल्यमा निकासी हुनुले धेरैलाई आश्चर्यचकित बनाएको छ ।

निकासीकर्ताले करछली वा विदेशी मुद्रा अपचलनकै लागि न्यून बिजकीकरण गरेको हुनसक्ने र भन्सार मूल्यांकन हेर्दा स्वाभाविक आशंका गर्न सकिने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

विभागका अनुसार यो अवधिमा नेपाली यार्चागुम्बा सबैभन्दा बढी कम्बोडियामा १९६ किलोग्राम निकासी भएको छ भने हङकङमा ६० केजी, भियतनाममा ४३ केजी, फ्रान्समा ११ केजी, कोरिया र बेलायतामा १०–१० केजी तथा सिंगापुरमा ५ केजी र रुसमा १ केजी निकासी भएको छ ।

यी मुलुकमा भएको यार्चागुम्बु निकासीमध्ये कम्बोडियाबाट १२ करोड ३७ लाख तथा हङकङबाट ३४ करोड ६३ लाख, भियतनामबाट २३ करोड ३१ लाख आम्दानी भएको छ ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह