Logo

बिजनेस होम

हिमपातले कतै खुसी, कतै सास्ती !


GDP Nepal
   १४ पुस २०७८, बुधबार


काठमाडौं । मुलुकका सबैजसो हिमाली जिल्लामा हिमपात परेको छ भने कतिपय पहाडी क्षेत्रमा पनि हिउँ परेको छ । दुर्गम हिमाली जिल्लामा हिमपातले दैनिक जनजीवन नै प्रभावित बनेको छ ।

तर, राजधानी काठमाडौं लगायतका क्षेत्रमा भने हिमपातले खुसी छाएको छ । हुम्ला, मुगु, डोल्पा लगायतका हिमाली जिल्लामा भने दुई दिनदेखिको हिमपातका कारण स्थानीय समस्यामा छन् ।

यता, काठमाडौंको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरिसहित फुलचोकी क्षेत्रमा बिहानदेखि हिमपात सुरु भएको छ ।

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए ।

चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह