Logo

घुमफिर

पर्यटनमन्त्री फकाउन सीईओ रेग्मीले गाडी र रक्सीको अफर गरेको खुलासा


GDP Nepal
   १६ पुस २०७८, शुक्रबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई ‘साँढे’को संज्ञा दिएका छन् ।

नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री आलेले बोर्डका सीईओ रेग्मीले मन्त्री फकाउन गाडी र रक्सीको अफर गरेको खुलासा समेत गरे ।

बोर्ड सीईओ रेग्मीको नाम नलिइकन भने, “यस्ता साँढेलाई सीईओ बनाए भने बोर्ड कसरी चल्छ ?” सीईओ रेग्मीले आफूलाई मदिरा खुवाएर प्रभावमा पार्न खोजे पनि आफू नबिक्ने उनको भनाइ छ ।

दुई महिनाअघि लन्डनमा भएको वर्ल्ड ट्राभल मार्टबाट फर्कने क्रममा अत्यधिक मदिरा सेवन गरेका रेग्मीले विमानस्थलमा रहेका भन्सार कार्यालयका कर्मचारीमाथि हातपात गरेका थिए ।

उक्त घटनाको छानबिनका लागि मन्त्रालयले समिति बनाएयता उनी ‘निलम्बित’ छन् । यद्यपि, उनलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।

आफूले डब्लूटीएमका लागि लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेको उल्लेख गर्दै आलेले आफूलाई तेस्रोपटक लन्डन जाने कुनै रहर नभएको बताए । “कोभिडबाट थला परेको देशको पर्यटन क्षेत्र माथि उठाउन सकिन्छ कि भनेर सबैले आग्रह गरेपछि गएको हुँ” उनले भने, “उता गएपछि त बोल्ने कार्यक्रम छैन भन्यो साँढेले, अरु सबैले आफ्नो विचार राख्छ, तर मैले पाइनँ ।”

आफूलाई लन्डनस्थित दूतावासमा राखिए पनि गाडीदेखि खानासम्मको बन्दोबस्त आफैं गर्नुपरेको उनको भनाइ छ ।

मन्त्री आलेले महँगो मूल्यमा टिकट खरिद गरेको विषयमा आफूले टिकट नहेरेको जवाफ दिए ।

“म यो देशको मन्त्री जनताले छानेर आएको हो, मन्त्री लन्डनमा जाँदा टिकट कति लाग्छ म हेरेर बसौँ ?” उनले भने, “लन्डनमा बोल्न पाइनँ मलाई दुख लाग्यो, यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?”

बोर्डका कार्यकारी प्रमुख रेग्मीले आफूलाई ‘धेरै रिसाउनुभो, जाउँ हिड्नु रक्सी खान भन्यो, यस्तो भन्ने साँढेलाई राखेर चल्छ ?’ भन्ने प्रश्न गरे । उनले भने, “डेढ घन्टा उभिएँ, सबैले स्याम्पेन खाइराछन्, साँढेले खाइराछन्, उसले पहिलाको मन्त्री जस्तो ठानेको होला !”

सीईओ रेग्मी टोयोटा बिक्रेता एक कम्पनीका सञ्चालक समेत हुन् । उनलाई चेतावनी दिँदै मन्त्रीले भने, “चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ, इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।”

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह