Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै सन्‌राइज बैँकको साधारण सभा सम्पन्न


GDP नेपाल
   १६ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

सन्‌राइज बैँकको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतका दरले रु.६३ करोड ९ लाख बराबरको बोनस शेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत दरले हुन आउने रकम रु.३ करोड ३२ लाख वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

बैँकको हाल चुक्ता पूँजी रु.९ अर्ब ४८ करोड ७९ लाख रहेको छ । बोनस शेयर वितरण पश्चात रु.१० अर्ब ११ करोड ८८ लाख कायम हुने छ। 

सन्‌राइज ब्यांकका देशभर १३९ शाखा, ८३ वटा शाखारहित ब्यांकिङ इकाइ, १२ एक्सटेन्सन काउण्टर र १५७ वटा एटीएम काउन्टर छन्। 

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह