काठमाडौं । पिपुल्स पावरले आठौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा माघ २० गते काठमाडौंको टोखास्थित जाल्पाचोकमा रहेको पारिजात पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यासको अर्थ माघ ६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया